Logo

मन्त्री किरातीको राजीनामा माग गर्दै प्रर्दशन, राप्रपाको पनि समर्थन (फोटोफिचर)



काठमाडौं, ५ पुस । सनातन धर्म संस्कृति संगठनले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीको राजीनामा माग गर्दै पशुपति क्षेत्रमा प्रदर्शन गरेको छ ।

हिजो (बुधबार) संयुक्त बृहत् ख्रीष्टमस महोत्सवमा मन्त्री किरातीले दिएको अभिव्यक्तिलाई लिएर राजीनामा माग गरिएको हो । उक्त कार्यक्रममा मन्त्री किराँतीले क्रिश्चियनलाई मान्दिनँ भन्नु संविधानलाई मान्दिनँ भन्नु सरह भएको बताएका थिए । उनले संविधान मान्दिनँ भन्नेहरू देशद्रोही भएको समेत बताएपछि उनको चौतर्फी आलोचना भईरहेको छ ।

मन्त्री किरातीलाई बर्खास्त गर्न माग गर्दै प्रदर्शनमा उत्रिएकाहरुले ‘गैरजिम्मेवार मन्त्री बर्खास्त गर्, सुदन किराती राजीनामा दे, धार्मिक क्षेत्रमा गैरधार्मिक नियुक्ति बन्द गर्’ लगायतका प्लेकार्डसहित प्रदर्शन गरेका छन् ।

धार्मिक संघ÷संस्थाहरुको उक्त विरोध कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले समर्थन जनाएको छ । राप्रपाका महामन्त्री एवं प्रतिनिधि सभा सदस्य धवल शमशेरले प्रदर्शनस्थल पुगेर विरोधमा समर्थन जनाएका छन् । Photo By: Mukunda Kalikote/RN



प्रतिक्रिया दिनुहोस्