Logo

प्रधानमन्त्री प्रचण्डले राष्ट्रका नाममा सम्बोधन गर्ने



काठमाडौं, ६ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् । आज (शुक्रबार) मोरङको मिक्लाजुङ–५ मा माओवादीले आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै उनले तेस्रो पटक प्रधानमन्त्रीमा नियुक्त भएर एक वर्ष पूरा हुने दिन (पुस १० गते) राष्ट्रका नाममा सम्बोधन गर्ने बताएका हुन् ।

‘१० गते मेरो एक वर्ष पूरा हुन्छ । १० गतेका दिननै म राष्ट्रका नाममा सम्बोधन गर्ने र ११ गतेबाट नयाँ प्रक्रियाबाट विकास निर्माण र जनताका सेवाका कामहरु अगाडि लाने मैले प्रतिवद्धता ब्यक्त गरिसकेको छु,’– प्रधानमन्त्री प्रचण्डले भने ।

उक्त सम्बोधनमा सरकारले हालसम्म गरेको कार्यको फेहरिस्त उल्लेख हुने पनि उनको भनाई छ । साथै, सरकारले आगामी पुस ११ गतेबाट नयाँ प्रक्रियाबाट विकास निर्माण र जनताका सेवाका कामहरु अगाडि बढाउने समेत बताए ।



प्रतिक्रिया दिनुहोस्