Logo

कोशी पुगेर प्रचण्डले भने, ‘पहिचानको मुद्दा संवादबाटै समाधान गर्न पहल गर्छु’



काठमाडौं, ६ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विभिन्न राजनीतिक दल, दलका नेता र सरोकारवालाहरुसँग संवाद गरेर पहिचानवादीहरुको मुद्दा समाधान गर्ने बताएका छन् ।

आज (शुक्रबार) मोरङको मिक्लाजुङ–५ मा माओवादीले आयोजना गरेको आमसभालाई सम्बोधन गर्नेक्रममा माओवादीले जनयुद्ध कालमा सबै उत्पीडित वर्ग, जाति, क्षेत्र, लिङ्ग, समुदायको पहिचान र अधिकारको लडाईँ लडेको दाबी गर्दै पहिचानको मुद्दा सम्बोधन गर्न सरकारले पहल गर्ने बताएका हुन् ।

‘यस क्षेत्रमा पहिचानको विषय र प्रदेशको नामाकरणको विषयमा यहाँका युवाहरुको चिन्ता, चिन्तन मलाई राम्रोसँग थाहा छ । वास्तवमा तपाईँहरु सबैलाई थाहा छ– हिजो जनयुद्ध कालमा सबै उत्पीडित वर्ग, जाति, क्षेत्र, लिङ्ग, समुदायको पहिचान र अधिकारको लडाईँ लड्नुपर्छ भनेर त्यसको नेतृत्व गर्ने पार्टी र त्यसको नेताको हैसियतले यहाँको जनताको चिन्ता र चासोलाई सबै राजनीतिक दलहरुसँग पनि र यहाँ आन्दोलनरत संस्था र नेताहरुसँग पनि संवाद गरेर यसलाई सकारात्मक ढंगले समाधान गर्न मेरो पहल रहनेछ,’– उनले भने । File Photo/RN



प्रतिक्रिया दिनुहोस्