काठमाडौं, ७ पुस । नक्कली कागजातका आधारमा भिजिट भिसामा विदेश पठाई मानव तस्करीमा सहयोग पुर्याएको आरोपमा सिटी टुर्स एण्ड ट्राभल्सका सञ्चालक विनोद कार्की पक्राउ परेका छन् ।
मोरङको पथरी शनिश्चरे– ७ स्थायी ठेगाना भएका कार्कीलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बल्खुबाट नियन्त्रणमा लिएको हो ।
प्रहरीका अनुसार कार्कीले नक्कली कागजात बनाउन सेटिङ गरेर युवा युवतीलाई भिजिट भिसामा विदेश पठाएका थिए ।
पक्राउ परेका कार्कीलाई अहिले प्रहरी परिसर टेकुमा पठाइएको र उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । File Photo/RN