Logo

राप्रपाले कोशीको सभामुख लिनेबारे निर्णय भएको छैनः अम्बर विष्ट



काठमाडौं, ७ पुस । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता एवं कोशी प्रदेश सभा सदस्य अम्बर बहादुर विष्टले कोशी प्रदेश सभाको सभामुख लिनेबारे आधिकारिक निर्णय नभइसकेको बताएका छन् । सभामुख बन्नका लागि आफूलाई प्रस्ताव आएपनि पार्टीको आधिकारिक निर्णय नआएको र आफूले सभामुख बन्ने वा नबन्ने भन्दा पनि पार्टीको निर्णयनै अन्तिम हुने उनले बताए ।

‘सभामुख बन्नका लागि मलाई प्रस्ताव आएको छ । अहिले पार्टीले आधिकारिक निर्णय गरिसकेको छैन । म सभामुख बन्ने वा नबन्ने भन्ने कुरा पार्टीको निर्णय अन्तिम हो,’– रिपोर्टर्स नेपालसँग संक्षिप्त कुराकानी गर्दै उनले उनले भने ।

कोशी प्रदेश सभा गत साउन १६ देखि सभामु्ख विहीन छ । तत्कालीन सभामुख बाबुराम गौतमले राजीनामा दिएपछि हालसम्म सभामुख चयनको प्रक्रिया अगाडि बढेको छैन । कोशी प्रदेश सरकारमा सहभागी दलहरुले राप्रपालाई सभामुखको प्रस्ताव गरेपनि राप्रपाले अहिलेसम्म आधिकारिक निर्णय गरेको छैन ।



प्रतिक्रिया दिनुहोस्