Logo

लागूऔषध एक हजार चार सय ५५ थान एम्पुलसहित हवारी पक्राउ



काठमाडौं, ७ पुस । पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका वडा नं. २७ स्थायी ठेगाना भएको २द्द वर्षी मुसाहयब हवारीलाई लागूऔषधसहित पक्राउ गरेको छ । काठमाडौंको दक्षिणकाली नगरपालिका फर्पिङ बसपार्कस्थित सवारी साधन चेकजाँच गर्नेक्रममा लागूऔषध बरामद भएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो ।

उनको साथबाट लागूऔषध डाईजापाम चार सय ८६ थान, फेनारगन चार सय ८७ थान र नुर्फिन चार सय ८२ थान गरी जम्मा एक हजार चार सय ५५ थान लागूऔषध बरामद भएको प्रहरीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्