Logo

आगामी निर्वाचनपछि एकल सरकार बनाउँछौंः रवि लामिछाने



काठमाडौं, ७ पुस । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले आगामी निर्वाचन पछि एकल सरकार बनाउने दाबी गरेका छन् । आज पोखरामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले जनताले परिवर्तन चाहेको बताउँदै आगामी निर्वाचनपछि रास्वपाले बहुमतको एकल सरकार बनाउने बताएका हुन् । साथै उनले मत माग्न आउने रास्वपाको नेताहरुलाई सम्झौतामा हस्ताक्षर गराउन आग्रह गरे । सम्झौता बमोजिम काम नगरे सजाय गर्न पनि उनले भने ।

‘मत माग्न आउँदा सम्झौतापत्रमा हस्ताक्षर गराएर राख्नोस्, त्यो अनुसार काम नभए सजाय गर्नोस्,’– उनले भने ।

रास्वपाले एकल सरकार बनेपछि कसरी कर्मचारी संयन्त्र चलाउने, कृषि क्षेत्र कसरी उकास्ने, कानुन कस्तो बनाउने भनी विज्ञको समूहले काम गरिरहे समेत उनले खुलासा गरे ।



प्रतिक्रिया दिनुहोस्