Logo

विन्टर सेल अफरः सोनामका उत्पादनमा ७० प्रतिशतसम्म छुट



काठमाडौं, ८ पुस । चर्चित साथै उच्च गुणस्तरीय सामग्रीको नेपाली ब्रान्ड सोनामले व्यक्तिगत प्रयोजन तथा ट्रेकिङमा उपयोग सामग्रीहरुमा वार्षिक विन्टर छुट अफर ल्याएको छ । उक्त योजना गत मंसिर २८ गतेदेखि सुरु भएको थियो भने उक्त ग्रहकहरुले उक्त अफरको फाइदा आगामी पुस १५ गतेसम्म सोनामका उत्पादनहरुको खरिदमा प्राप्त गर्न सक्नेछन् ।

यस छुट योजना अन्तर्गत कम्पनीले आफ्ना विभिन्न उत्पादनमा विशेष छुट घोषणा गरेको छ । यो अफरमा छानिएका वस्तुमा ७० प्रतिशतसम्म छुट पाइने कम्पनीले जनाएको छ । सोनाम ब्रान्डमा महिला, बालबालिका र पुरुषका ज्याकेट, ट्राउजर, सर्ट, पाइन्ट, पञ्जा, जिम भेस्ट, स्वेटर, कोट, ट्रेकिङ जाँदा लगाउने पोसाक, टेन्ट, ब्याग लगायत उत्पादन छन् ।

राजधानी उपत्यकामा ठमेलको क्वाबहाल र छायां सेन्टर, ललितपुरको जावलाखेल र कुमारीपाटी, कमलपोखरीको सिटी सेन्टर, टुसाल, चाबहिलको केएल टावर, सुन्धाराको सिभिल मल, बालाजुको बिजी मल, जडिवुटीको जडिबुटी चोक, चितवनको सिजी ल्यान्डमार्क, सुनसरीको धरान पुतली लाइन, पोखराको लेकसाइड र न्युरोडमा, बुटवल तथा सुर्खेतको विरेन्द्रनगरमा पनि सोनमका सोरुम ओपन भइसकेको छ ।



प्रतिक्रिया दिनुहोस्