Logo

एमालेको निश्कर्षः ‘पहाडी बस्तीहरुमा बसाईँसराई ठूलो चुनौति’ (पूर्णपाठसहित)



काठमाडौं, ८ पु्स । नेकपा (एमाले) ले मंसिर १४ गतेबाट सुरु भएर पुस १ गते समापन भएको १८ दिने झुलाघाट चिवाभञ्ज्याङः समृद्धिका लागि संकल्प यात्राबारे विशेष पत्रकार सम्मेलन गरेर जानकारी गराएको छ । पूर्व प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले पछिल्लो नेपालको राजनीतिले अस्थिरता र निराशा जनतामा आइरहेको अवस्थामा यात्राले नैराश्य भावलाई चिर्ने काम गरेको बताए ।

उनले यात्रा सांस्कृतिकजस्तो समेत बनेको भन्दै आफूहरु जहाँ जहाँ पुग्यो त्यहाँका संस्कृतिबारे जान्ने मौका मिलेको बताए । ‘संकल्प यात्रा अत्यन्तै उत्साहप्रद र सफल रह्यो । जनताको चासो, साथ सहयोग, समर्थन र स्वागत जुन कोणबाट हेर्दा पनि सफल नै सफल रह्यो’, उनले भने, ‘लाखौं मानिस प्रत्यक्ष सरिक हुनुभयो,’– ओलीले भने ।

साथै, ओलीले मध्यपहाडी (पुष्पलाल) लोकमार्ग केन्द्रित आफ्नो ‘समृद्धिका लागि सङ्कल्प यात्रा’ का क्रममा देखिएका समस्या र मागहरूको अध्ययन, विश्लेषण गरी सम्बोधनका लागि पहल गर्ने बताए ।

पार्टीले मध्यपहाडी लोकमार्गकेन्द्रित आफ्नो ‘समृद्धिका लागि सङ्कल्प यात्रा’ का उपलब्धिलाई आज पार्टी कार्यालय ललितपुरमा सार्वजनिक गर्ने क्रममा सञ्चारकर्मीका प्रश्नको जवाफ दिँदै उनले भने, “समस्याका ती विषय राज्यको जुन तह–सङ्घीय, प्रादेशिक या स्थानीय तहसँग सम्बन्धित छ, त्यहाँ बुझाउने छौँ । तिनको समाधानका लागि सम्बन्धित निकायसँग ध्यानाकर्षण र पहल गर्नेछौँ ।”

उनले मध्यपहाडको विकास र समृद्धिसम्बन्धी ठोस परियोजना सार्वजनिक गर्ने बताए । अध्यक्ष ओलीले भने, “यस क्रममा हामी विज्ञहरु, जनप्रतिनिधिहरु र अन्य आवश्यक पक्षसँग सघन छलफल गर्नेछौँ, गहन अध्ययन गर्नेछौँ । हाम्रो सङ्कल्प छ– हामी पहाडी भूभागलाई समृद्धिको केन्द्र बनाउने छौँ ।”

सङ्कल्प यात्राले लोकतान्त्रिक गणतन्त्रप्रतिको जनसमर्थनलाई थप सुदृढ र मजबुद बनाएको एमालेले बताएको छ । अभियानले सिंगो पार्टी पंक्तिलाई अभूतपूर्व रुपमा चलायमान, गतिशील र एउटै लयमा परिचालित गरेको एमालेको दाबी छ ।

पहाडी बस्तीहरुमा बसाईँसराई ठूलो चुनौतिको रुपमा देखा परेको एमालेको निश्कर्ष रहेको छ । यात्राका क्रममा पुगेका ३० जिल्लामध्ये अधिकांशको जनसंख्यादर ऋणात्मक पाइएको एमालेले बताएको छ । एमालेले सार्वजनिक गरेको प्रतिवेदनमा गतिपय गाउँबस्तीहरु रित्तिँदै गएको र विद्यार्थी अभावका कारण विद्यालयहरु बन्द हुने अवस्थामा पुगेको पाइएको उल्लेख छ ।

झलुाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्राको संक्षिप्त जानकारी



प्रतिक्रिया दिनुहोस्