Logo

रास्वपा सभापति लामिछानेलाई खोया प्रहार गर्ने रानाभाटलाई १० दिन हिरासतमा राखिने



काठमाडौं, ८ पुस । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई खोया प्रहार गर्ने सन्तोष रानाभाटलाई १० दिन हिरासतमा राखी अनुसन्धान गरिने भएको छ ।

हिजो (शनिबार) लमजुङको राइनास नगरपालिका वडा नम्बर ८ का रानाभाटले पोखरामा आयोजित कार्यक्रममा सभापति लामिछानेमाथि खोयाले प्रहार गरेका थिए ।

साथै, रानाभाटले ड्युटीमा रहेका प्रहरीमाथि पनि दुरव्यवहार गरेको प्रहरीले बताएको छ । उनलाई जिल्ला प्रशासन कार्यालय कास्कीबाट १० दिन म्याद थप गरी सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्दको कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्