Logo

बालकुमारी घटना देखिएजस्तो सामान्य छैनः प्रधानमन्त्री प्रचण्ड



काठमाडौं, १६ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ललितपुरको बालकुमारीमा गत शुक्रबार दुई जना युवाको ज्यान जानेगरी भएको घटना सामान्य नरहेको बताएका छन् । आज (सोमबार) मेलमिलाप दिवसको अवसरमा नेपाली कांग्रेसले आयोजना गरेको सभालाई सम्बोधन गर्दै उनले उक्त घटना गम्भीर रहेको बताएका हुन् । घटनाको गाम्भिर्यतालाई मध्यनजर गरेर नै उच्चस्तरीय छानविन समिति बनाइएको बताए । साथै, उक्त घटना लोकतन्त्र र गणतन्त्रविरुद्धको डिजाइन हुनसक्ने आशंकासमेत व्यक्त गरे ।

‘केही चिज गम्भीर लागेको छ, सामान्य छैन यो । त्यहाँ दुई जना युवाहरुको जस्तो परिवेशमा जसरी हत्या भएको छ, ईपीएसमा जे जस्ता गतिविधि भएका छन्, गाडी जलाउने जस्तो–जस्तो गतिविधि भएको छ । यो चिज त्यस्तो छैन जस्तो देखिएको छ ।’ उनले भने,‘त्यो भित्र अर्कै केही छ भन्ने मैले अनुभूत गरेको छु । यो कहीँ लोकतन्त्र र गणतन्त्रका विरुद्धको डिजाइन कतै त छैन । मेरो अहिले कुनै प्रुफ होईन । यसलाई उच्चस्तरीय छानविन समिति बनाउन पर्छ भनेर मृतकका परिवारलाई समेत बोलाएर गम्भीर समीक्षा भएको छ ।’

अहिले मन्त्रीलाई गाडीभित्रै जलाउनुपथ्र्यो भन्नेजस्ता भाष्य निर्माण गरिएको भन्दै उनले आपत्ति जनाए । उनले आफ्नो, देउवा र केपी ओलीको टाउको जोडेर ‘यिनलाई गोली ठोकेर मारेदेखि म २०÷२० लाख दिन्छु’ भन्ने प्रचार भइरहेको भन्दै आपत्ति जनाए ।

उनले जनतलाई निराशा बाँड्ने, अध्यारो देखाउने कोही पनि राष्ट्रवादी हुन नसक्ने बताए । राजनीतिक नेतृत्वले जनतालाई आशा देखाउन र भएका कमीकमजोरी पनि स्वीकार्न सक्नुपर्ने उनले बताए । Photo By: Mukunda Kalikote/RN



प्रतिक्रिया दिनुहोस्