Logo

‘बालकुमारी घटना स्वभाविक छैन’



काठमाडौं, १७ पुस । नेकपा (माओवादी केन्द्र) ले दुई जना युवाको ज्यान जानेगरी ललितपुरको बालकुमारीमा भएको घटना स्वभाविक नरहेको निश्कर्ष निकालेको छ । आज (मंगलबार) जनतासँग माओवादी, विशेष रुपान्तरण अभियानको समापनबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा पार्टी प्रवक्ता अग्नि सापकोटाले उक्त घटनामा गोलीनै चलाउन पर्ने अवस्था आउनुमा स्वभाविक नरहेको बताएका हुन् ।

‘यो विषय धेरै नै गम्भीर भएको हुनाले राज्य व्यवस्था समितिमा पनि छलफल भएको छ । हामीलाई पनि के लाग्छ त भन्दा खेरी रुप र सारमा फरक हुन्छ । युवाहरुमा पनि आक्रोश र आवेग छ । तर, गोलीनै चलाउन पर्ने अवस्था नआउन पर्ने जस्तो लाग्छ । यो विषयमा सबैले गम्भीरतापूर्वक अध्ययन गर्नुपर्छ ।’ प्रवक्ता सापकोटाले भने, ‘यो त्यति स्वभाविक चाहीँ छैन । रहस्यजस्तो, उत्तजेना फैलाउनेजस्तो ।’

अहिले अनेकौं वहानामा जनता भड्काउने, अतिरञ्जित ढंगले भावनामा खेल्ने गतिविधि भइरहेको बताउँदै उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले यस घटनाको भित्रि रहस्य केही हुनसक्छ भन्ने आशंका गरेको बताए । प्रधानमन्त्री प्रचण्डले उक्त घटना कुनै डिजाइन हुनसक्छ भनेर जनतामा रहेको आक्रोशलाई विषयान्तर गर्न खोजेको भन्नु लगत भएको बताए । सरकारको सर्वोच्च कार्यकारी प्रधानमन्त्री भएकाले जनतालाई सचेत गराउने हिसाबले प्रचण्डले उक्त कुरा भनेको हुनसक्ने उनको तर्क छ ।



प्रतिक्रिया दिनुहोस्