Logo

जाजरकोट र रुकुम पश्चिमका विकट बस्तीमा विगेन नेपालद्वारा राहत सामाग्री वितरण



काठमाडौं, १७ पुस । विगेन नेपालले भूकम्प प्रभावित क्षेत्र जाजरकोट र रुकुम पश्चिममा राहत सामाग्री वितरण गरेको छ । विगेन नेपालका संस्थापक एवं कार्यकारी अध्यक्ष प्रकाश श्रेष्ठले भूकम्प प्रभावित एक हजार घर परिवारलाई खाद्यन्न र पाँच सय परिवारलाई त्रिपाल र ब्ल्याङ्केट वितरण गरिएको बताए ।

जाजरकोट र रुकुमपश्चिमका भूकम्प प्रभावित हरुको भत्किएको र चर्किएको घरसँगै मनमा मल्हम लाउने उदेश्यले माया, खुशी र स्वास्थ्य अभियानअन्तर्गत विगेन नेपालको तर्फबाट राहत सामाग्री वितरण गरिएको अध्यक्ष श्रेष्ठले बताए ।

उनका अनुसार अहिलेसम्म राहत नपुगेको विकट ठाउँ जुनिचाँदे गाउँपालिका, कुशे गाउँपालिकाभेरी नगरपालिकालगायत रुकुम पश्चिम छेपारेका विभिन्न गाउँहरुमा राहत सामाग्री वितरण गरिएको हो । विगेन नेपालले सधैं पीडित र असहायहरुको सारथीको रुपमा काम गरिरहने अध्यक्ष श्रेष्ठले बताए ।

विगेन मेडिकल कोरियाले प्राकृतिक स्तरको तर कृतिम तरिकाबाट शरीरलाई आवश्यक FIR (सूर्यको किरणबाट प्राप्त न्यानोपन) प्राप्त गर्ने र समग्रमा थर्मल थेरापीमार्फत स्वस्थ बनाउने उद्देश्यले अन्वेषण र विकास भएको थर्मल थेरापी प्रविधि हो । विगत एक दशकदेखि नेपालमा ६० भन्दा धेरै सेन्टरहरुबाट थर्मल थेरापी प्रदान गरी दैनिक हजारौँ सेवाग्राहीलाई निःशुल्क सेवा दिँदै आएको छ । फोटोः अमृत पौडेल / रिपोर्टर्स नेपाल



प्रतिक्रिया दिनुहोस्