काठमाडौं, १८ पुस । प्रतिनिधि सभाको महिला तथा सामाजिक मामिला समितिले बाल सुधार गृहका समस्या र समस्या समाधानका विषयमा छलफल गरेको छ ।
आज (मंगलबार) बसेको समितिको बैठकमा बाल सुधार गृहमा रहेका बालबालिकालाई खाने, बस्ने प्रबन्ध मिलाउन र शिक्षा, स्वाथ्यजस्ता कुरामा सरकार गम्भीर हुनुपर्ने विषयमा छलफल भएको छ । बैठकमा सहभागी सांसदहरुले सुधार गृहमा रहेका बालबालिकाको समस्याबारे सम्बन्धित मन्त्रालयले बेलैमा ध्यान पुर्याउन आवस्यक रहेको बताए ।
बाल सुधार गृहमा कानुनले अपराध मानेका कार्य गरेका १८ वर्षमुनिका बालबालिका राख्ने भएकाले उनीहरुलाई शिक्षा र मनोपरामर्शको खाँचो हुने सांसदहरुको भनाइ थियो । Photo By: Mukunda Kalikote/RN