Logo

काठमाडौं जिल्ला अदालतबाट हत्कडीसहित थुनुवा फरार



काठमाडौं, १८ पुस । काठमाडौं जिल्ला अदालत परिसरबाट एक थुनुवा हत्कडीसहित फरार भएका छन् । ठगी मुद्दाका थुनुवा विमल खड्का हत्कडीसहित फरार भएका हुन् ।

डलर देखाएर लुटपाट गरेको आरोपमा उनलाई प्रहरी वृत्त स्वयम्भुले पक्राउ गरेको थियो । फरार भएका खड्काको खोजी भइरहेको प्रहरीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्