काठमाडौं, १९ पुस । जाजरकोट र रुकुम पश्चिमका संरचना पुनः निर्माणका लागि भारत सरकारले १० अर्ब रुपैयाँ अनुदान दिने भएको छ । आज (बिहीबार) भारतीय विदेशमन्त्री एस जयशंकरको नेपाल भ्रमणका क्रममा काठमाडौंमा आयोजित नेपाल–भारत संयुक्त आयोगको बैठकमा उक्त सहमति भएको हो ।
साथै, बैठकमा अन्य चार बुँदे सम्झौतामा पनि हस्ताक्षर भएको छ । अन्य सम्झौताहरुमा नेपालले १० वर्षमा भारतलाई १० हजार मेगावाट विजुली बेच्ने, नेपालले बनाएको स्याटलाइट भारतको सहयोगमा प्रक्षेपण गर्ने लगायतका विषय छन् ।
जाजरको रामीडाँडा केन्द्रविन्दु भएर गएको भूकम्पमा ठूलो भौतिक क्षति भएको थियो । जाजकोट र रुकुम पश्चिममा हालसम्म अस्थायी टहरासमेत निर्माण गर्न सकिएको छैन । जसका कारण भूकम्प प्रभावितहरु चिसोको समयमा कष्टकर जीवन विताइरहेका छन् ।