काठमाडौं, २० पुस । नेकपा (एमाले) को आज बसेको केन्द्रीय समिति बैठकले ६ जना केन्द्रीय सदस्य थप गर्ने निर्णय गरेको छ । बैठकले तुलसी न्यौपाने, केशव पाण्डे, दामोदर भण्डारी, रामअवतार यादव, विनोद शाह र दीपक कार्कीलाई केन्द्रीय सदस्यमा बनाउने निर्णय गरेको हो ।
साथै, एमालेले आसन्न राष्ट्रिय सभा निर्वाचनमा १९ वटै सिटमा उम्मेदवारी दिने भएको छ । बैठकको निर्णय सुनाउँदै महासचिव शंकर पोखरेलले एमालेले सबै सिटका लागि उम्मेदवारी दिने निर्णय भएको बताए ।