Logo

प्रधानमन्त्री प्रचण्डको नजर सहकारीतिर, अर्थमन्त्रीलाई दिए निर्देशन



काठमाडौं, २३ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सहकारी समस्याको व्यवस्थित समाधान खोज्न अर्थ मन्त्रालयलाई निर्देशन दिएका छन् । आज (सोमबार) सिंहदरबारमा आयोजित छलफलमा प्रधानमन्त्री प्रचण्डले सहकारी समस्या समाधान नहुँदा लाखौं निक्षेपकर्ताहरु प्रताडित भएको भन्दै समाधानको उचित प्रस्ताव ल्याउन निर्देशन दिएका हुन् ।

‘सहकारी समस्याको उचित समाधान नहुँदा लाखौं निक्षेपकर्ताहरु प्रताडित भएका छन् । उनीहरु घर न घाटका भएका छन् । उनीहरुको समस्या समाधान गर्नेबारे ठोस प्रस्ताव बनाएर ल्याउनुस्,’– प्रधानमन्त्री प्रचण्डले भने ।

पछिल्लो समय देशभर सहकारी समस्या विकराल बन्दै गइरहेको छ । सहकारीहरुको बदमासीका कारण लाखौं बचतकर्ताहरुले लामो समयदेखि बचत फिर्ता पाएका छैनन् ।



प्रतिक्रिया दिनुहोस्