काठमाडौं, २३ पुस । काठमाडौंको तीनकुनेमा केन्द्रीय कार्यालय रहेको रियल गोर्खा बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष हर्कबहादुर कठायत पक्राउ गरेका छन् । बचतकर्ताको १२ करोड ३५ लाख ४८ हजार २ सय २ रुपैयाँ बयानब्बे पैसा बचत रकम अपचलन तथा हिनामिना आरोपमा उनी पक्राउ परेका हुन् ।
कठायतसँगै सहकारीको सदस्य रहेका विनोद कुमार ओझा पनि पक्राउ परेका छन् । उनीहरुलाई गत पुस १८ गते पक्राउ गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।