Logo

पशुपति मन्दिर परिसरमा स्तनपान कक्ष स्थापना, राज्यमन्त्री सिर्पालीले गरिन् उद्घाटन (फोटोफिचर)



काठमाडौं, २४ पुस । पशुपतिनाथ मन्दिर परिसरमा स्तनपान कक्ष स्थापना गरिएको छ । पशुपति क्षेत्र विकास कोषले मन्दिर परिसरमा महिलाहरुलाई हुने समस्याको मध्य नजर गर्दै स्तनपान कक्षको व्यवस्था गरेको हो ।

आज (मंगलबार) संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री शुशिला सिर्पाली ठकुरीले स्तनपान कक्षको उद्घाट गरिन् । उनले पशुपति विकास कोषले महिलाको समस्या बुझेर स्तनपान कक्ष स्थापना गरेको भन्दै खुसी व्यक्त गरिन् । यसले पर्यटन प्रवद्र्धनमा पनि टेवा पुर्याउने उनले विश्वास व्यक्त गरिन् । उनले कोषको यस कार्यलाई मानवीय सेवाको रुपमा उल्लेख गरिन् ।

‘महिला भएर सोच्यौं भने कयौं चिज सामान्य हुन्छन् । तर, व्यवहारिक रुपमा हामीले भोग्छौं त्यो बडो कठिन विषय बन्छ । आज एउटा आमाले बच्चालाई दुध खुवाउने व्यवस्था आज यो कोषले गरेको छ,’– राज्यमन्त्री सिर्पालीले भनिन् । Photo By: Mukunda Kalikote/RN



प्रतिक्रिया दिनुहोस्