Logo

‘सनसिल्क दशैं भाइभ–३’ प्रतियोगिताका विजेता घोषणा, जनही एक लाख पुरस्कार



काठमाडौं, २५ पुस । युनिलिभरको ब्रान्ड सनसिल्कले दशैंको अवसरमा आयोजना गरेको ‘सनसिल्क दशैं भाइभ–३’ प्रतियोगिताका विजेता घोषणा गरिएको छ।

यो डिजिटल अभियानमा सजिना खनाल, सुस्मिता बन्जारा र विजया प्रधानलाई विजयी घोषणा गरिएको छ। यो प्रतियोगितामा चार हजार चार सय ८५ जनाले भाग लिएका थिए।

विजेतालाई प्रतिव्यक्ति एक लाख रुपैयाँ पुस्कार प्रदान गरिएको छ। उनीहरूले सनसिल्क प्याकमा प्रस्तुत हुने मौका पनि पाउनेछन्।

त्यस्तै, तीनै जनाले युनिलिभिरका ब्रान्ड एम्बेसडर प्रिन्सी र प्रिज्मासँगै उभिएर ‘ग्याङ अफ सनसिल्क गर्ल्स’ मा सहभागिता जनाउनेछन्।

युनिलिभर नेपालका मार्केटिङ प्रमुख सौरभ करन्जीतले सनसिल्क नेपालको सबैभन्दा ठूलो सौन्दर्य ब्रान्ड भएको बताए । उनले सनसिल्क व्यापक रुपमा वितरण हुनुका साथै लाखौं उपोभोक्ताले रुचाइरहेको बताए ।



प्रतिक्रिया दिनुहोस्