काठमाडौं,२६ पुस । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा ७ पटक प्रधानमन्त्री बन्ने भन्दै भविष्यवाणी गरेर चर्चामा आएका युवा ज्योतिषी सुरेशचन्द्र रिजालले बलात्कार मुद्दामा जिल्ला अदालतबाट ८ वर्षको सजाय पाएका लामिछानेको फैसला छिट्टै उल्टिने भविष्यवाणी गरेका छन् ।
बुधबार जिल्ला अदालतले सन्दीपलाई ८ वर्ष कैद, २ लाख जरिवाना र ३ लाख पीडितलाई क्षतिपूर्ति दिन आदेश दिएको थियो ।
यसमा टिप्पणी गर्दै ज्योतिषी रिजालले फेसबुकमा लेखेका छन्, ‘वक्रदृष्टि खण्डित ग्रहयोगमा आठ वर्ष कैद सजाय ! छिट्टै फैसला उल्टने संकेत। जबर्जस्ती करणी कसुरमा दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेलाई काठमाडौँ जिल्ला अदालतले आठ वर्ष कैद सजाय तोकेको समय नै खण्डित वक्रदृष्टि ग्रहयोगमा परेकाले जिल्ला अदालतको फैसला छिट्टै उल्टने ग्रहयोग परेको छ।’