Logo

उर्जामन्त्री शक्ति बस्नेतको वडामा तरुण दलले बनाइदियो अस्थायी टहरा



काठमाडौं, २७ पुस । नेपाल तरुण दल अध्यक्ष विद्वान गुरुङले जाजरकोटमा गएको बिनास्कारी भू– कम्पमा परि घरबार बिहिन हुने परिवारलाई तरुण दलले ७२ ओटा अस्थायी टहरा निर्माण गरिदिएको बताएका छन् । तरुण केन्द्रीय सदस्यहरुबाट संकलित रकमले आफूहरुले भूकम्प प्रभावित क्षेत्र उर्जामन्त्री शक्ति बस्नेतको वडामा अस्थायी टहरा निर्माण गरिएको बताएका हुन् ।

आज नेपालगन्जमा आयोजित जाजरकोटको भू–कम्प पिडित सुत्केरी ,गर्भवती तथा सिमान्तकृत महिलाहरुलाई .. एवं पौष्टिक तथा पोषिलो आहारको झोला हस्तान्तरण कार्यक्रममा अतिथिको रुपमा बोल्दै अध्यक्ष गुरुङले यस्तो बताएका हुन् । अध्यक्ष गुरुङले कुनै संघ संस्थाले त्यस ठाउँमा सहयोगको पहल नगरेको कुरा त्यस ठाउँका बासिन्दाले आफुलाई बताएको भन्दै आफुहरुले यो त्यो नभनी अस्थायी टहरा निर्माण गरेको बताए ।

नेपाली काङ्ग्रेसको केन्द्रिय सदस्य सांसद डा.आरजु राणा देउवाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा नेपाल तरुण दल अध्यक्ष विद्वान गुरुङले केहिले त्यहाको जनताको भावनामा खेलेर एक दिने फेसबूक र मिडिया रङ्याउने कार्यका कारण त्यहाको बासिन्दाहरुपनि सुरु सुरुमा बोल्न हिच्किचाउने जस्ता कार्यले केही अफ्ठ्यारो महसुस भएको बताए ।

प्रमुख अतिथि राणाले कार्यक्रमलाई सम्बोधन गर्दै तरुण दलले बोल्ने मात्रै हैन व्यवहारमै काम गरेको बताईन् । तरुण दल मार्फतनै जाजरकोटको भू–कम्प पीडितकोमा पुगोस भनी नेपाल तरुण दल केन्द्रिय अध्यक्ष विद्वान गुरुङलाई उक्त झोलाहरु हस्तान्तरण गरिन् ।

अध्यक्ष गुरुङले जाजरकोट तरुण दललाई अनुशासित ढङ्गले पक्षपात नगरी उक्त सामाग्री जाजरकोटका भूकम्प प्रभावित समक्ष पुर्याउन निर्देशन दिए ।

कार्यक्रममा लुम्बिनी प्रदेशको उध्योग तथा यातायात मन्त्री रोज राणा ,नेपाली काङ्ग्रेस केन्द्रिय सदस्य योगेन्द्र चौधरी ,नेपाल तरुण दलको केन्द्रिय सदस्यहरु सरोज नेउपाने ,सरिन घिमिरे,केशर खड्का ,स्मिता मोक्तान तामाङ लगायत विभिन्न जिल्लाको तरुण अध्यक्षहरुको सहभागिता रहेको थियो ।



प्रतिक्रिया दिनुहोस्