काठमाडौं,२९ पुस । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालको आयोजनामा हुने यस वर्षको ७ औं राष्ट्रिय रनिङ् शिल्ड दोहोरीगीत प्रतियोगिता धादिङमा हुने भएको छ ।
धादिङको बेनीघाट रोराङ गाउँपालिका-७, चरौंदीमा आगामी फाल्गुन ४ गतेदेखि ७ गतेसम्म आयोजना गरिने प्रतिष्ठानकी अध्यक्ष रीता थापा मगरले जानकारी दिईन् । धादिङ अध्यक्ष रितको गृह जिल्लासमेत हो ।
प्रतियोगितामा प्रथम पुरस्कार तीनलाख तोकिएको छ । यसैगरी, द्वितीय पुरस्कार दुईलाख, तृतीय पुरस्कार एकलाख र सान्त्वना पुरस्कार पचास हजार प्रदान गरिने प्रतिष्ठानले जनाएको छ ।
प्रतियोगीतामा प्रतियोगी कलाकारहरु मध्येबाट उत्कृष्ट गायक, उत्कृष्ट गायिका, उत्कृष्ट भेषभुषा, नवगायक, नवगायिकालाई समेत आकर्षक पुरस्कारको व्यवस्था गरिएको छ । प्रतियोगितामा भागलिन चाहने प्रतियोगी समूहले राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल मातहतका शाखा समितिको सिफारिस (अनिवार्य) सहित पुरुष १ र महिला १ कलाकारको फोटो र परिचयपत्रसहित माघ २५ गतेसम्म समूह दर्ता गर्न मिल्नेगरि व्यवस्था मिलाइएको अध्यक्ष मगरले जानकारी दिइन् ।