Logo

मधेशविरुद्ध कप्तान विनोदको अर्धशतक, विशाल योगफलतर्फ लम्किँदै आर्मी



काठमाडौं,१ माघ । प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेटमा विभागीय टि त्रिभुवन आर्मी क्लबका कप्तान विनोद भण्डारीले मधेश प्रदेशविरुद्ध अर्धशतक प्रहार गरेका छन् ।

कीर्तिपूरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा टस हारेर पहिला ब्याटिङ गरेको आर्मीका लागि कप्तानसमेत रहेका भण्डारीले ६० बलमा ३ चौका र २ छक्का हिर्काउँदै अर्धशतक पूरा गरेका हुन् । उनले पाँचौ विकेटका लागि अर्का ब्याटर कुशल मल्लसँग मिलेर १११ रनको शतकीय साझेदारी गरिरहेका छन् । अहिले भण्डारी ७६ र कुशल ३६ रन बनाएर खेलिरहेका छन् ।

भण्डारी र मल्लको उत्कृष्ट साझेदारीसँग आर्मी विशाल योगफतर्फ निर्माणतर्फ अघि बढिरहेको छ । ताजा अवस्थामा आर्मीले ३९ ओभरमा ४ विकेट गुमाएर २१४ रन जोडिसकेको छ ।



प्रतिक्रिया दिनुहोस्