Logo

प्रधानमन्त्री कप क्रिकेट: लुम्बिनीले दियो सुदूरपश्चिमलाई १५९ रनको सामान्य लक्ष्य



काठमाडौं,१ माघ । प्रधानमन्त्री पक क्रिकेटअन्तर्गत लुम्बिनी प्रदेशले सुदूरपश्चिम प्रदेशलाई १५९ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ ।

रुपन्देहीस्थित सिद्धार्थनगर क्रिकेट मैदानमा टस हारेर सुरुआतमा ब्याटिङ गरेको लुम्बिनी ४८।४ ओभरमा १५८ रनमा अलआउट भयो । लुम्बिनीका लागि प्रजव्ल थापाले ४२, म्हमद हुसेनले २६ तथा विराट भण्डारीले २३ रन थपे । र्मिनल गुरुङले १४ रन थपेको खेलमा कृष्ण कार्कीले १२ रन थपे भने १८ रन लुम्बिनीले अतिरिक्तमा पाएको थियो ।

बलिङतर्फ सुदूरका नारायण जोशीले तीन तथा भोजराज भट्ट र नरेन साउदले समान २ विकेट लिए ।



प्रतिक्रिया दिनुहोस्