काठमाडौं, १ माघ । सर्लाहीको बरहथवा घटना छानविनका लागि गठित समितिले गोली चलाउने वरिष्ठ हवल्दार सोनेलाल यादवलाई सेवाबाट हटाउन सिफारिस गरेको छ । उक्त घटना छानविनका लागि गठित समितिका संयोजक थानेश्वर गौतमले हिजो (आईतबार) गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई प्रतिवेदन बुझाएको छ ।
प्रहरी हबल्दार यादवले नै गोली प्रहार गरेको समितिको निश्कर्ष छ । समितिले भविष्यमा सरकारी सेवामा अयोग्य नठहरिनेगरी यादवलाई सेवाबाट हटाउन सिफारिस गरेको छ ।
गत पुस २० गते बरहथवामा प्रहरीले चलाएको गोली लागेर जयशंकर साहको मृत्यु भएको थियो ।