काठमाडौं, २ माघ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) सर्वश्वसहित जन्मकैद सजाय तोएिका फरार प्रतिवादीलाई २१ बर्षपछि पक्राउ गरेको छ । धादिङको मैदी (हाल ज्वालामुदी गाउपालिका, वडा नं. १) का सूर्यबहादुर दवाडीलाई माघ १ गते रूपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा १, बेलहियाबाट पक्राउ गरेको हो ।
दवाडीले अंश सम्बन्धी बिषयमा झगडा हुँदा आफ्नै श्रीमती सानुमाया दवाडीलाई २०५९ फागुन २८ गते कुटपिट गरी नाम्लोले घाँटीमा कसी रूखमा झुण्ड्याई हत्या गरेको आरोप छ ।
उनले मृतक सानुमायाको लासलाई ग्याल्मा र बुढी गण्डकीको दोभानमा जलाई सतगद गरेका थिए । उनलाई कर्तव्य ज्यान सम्बन्धी अनुसन्धानमा धादिङ जिल्ला अदालतको २०६१जेठ ५ सर्वश्वसहित जन्मकैदको सजाय सुनाएको थियो ।
सूर्यबहादुर फरार भई भारतको विभिन्न स्थानहरूमा लुकीछिपी बसेको र हाल उनी नेपालमा प्रवेश गर्दै छन् भन्ने विशेष सुचनाको आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका सूर्यबहादुरलाई कारवाहीको लागि जिल्ला अदालत धदिङमा बुझाइएको प्रहरीले जनाएको छ ।