काठमाडौं,३ माघ । प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटमा कर्णाली प्रदेशले लुम्बिनीलाई १८५ रनको चुनौतिपूर्ण लक्ष्य प्रस्तुत गरेको छ ।
रुपन्देहीस्थित सिद्धार्थनगर क्रिकेट मैदानमा सुरुवातमा ब्याटिङ गरेको कर्णालीले निर्धारित ४५ ओभरमा ९ विकेट गुमाएर १८४ रन जोड्यो । उसका लागि तल्लोक्रमका ब्याटर दिनेश अधिकारीले नटआउट अर्धशतक बनाए ।
५९ बलको सामना गरेका अधिकारीले ६ चौका र २ छक्का हिर्काउँदै ५६ रन जोड्दा दिपेन्द्र रावतले ४७ रनको इनिङ खेले । हिमांसु शाहीले २५ रन थपेको खेलमा कप्तान रविन्द्र शाहीले ११ रन थपे । २७ रन कर्णालीले अतिरिक्तमा पाएको थियो ।
बलिङतर्फ लुम्बिनीका अभिषेक गौतम र निर्मल गुरुङले समान ३ विकेट लिए ।