Logo

जिबी राई र रवि लामिछानेविरुद्ध उजुरी



काठमाडौं, ३ माघ । ग्यालेक्सी फोर के टेलिभिजनका अध्यक्ष जिवी राई र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध सहकारी विभागमा उजुरी परेको छ । राई र लामिछानेविरुद्ध युवराज पौडेल ‘सफल’ ले उजुरी दर्ता गराएका हुन् ।

राई गोरखा मिडिया नेटवर्कको अध्यक्ष र लामिछाने एमडीको रुपमा जिम्मेवारीमा रहेको बेला गैरकानुनी रुपमा सहकारीबाट रकम लिएर आजका दिनसम्म नतिरी सहकारी ठगी गरेको उजुरीमा उल्लेख छ । सहकारीमा बचत गर्ने सदस्यलाई बाहेक अरुलाई लगानी गर्न नपाइने सहकारी नियमलाई मिँचेर विना धितो ग्यालेक्सी फोर के मा लगानी गरेको उजुरीकर्ताले आरोप लगाएका छन् ।

लामिछाने र राईले हजारौं बचतकर्ताको करोडौं रुपैयाँ हिनामिना गरेको उजुरीमा उल्लेख छ । उजुरीकर्ता सफलले फरार राई र खुलेआम हिँडिरहेका लामिछानेलाई यथाशाक्य पक्राउ गरी कानुनी कारबाही गर्न भनेका छन् ।

उजुरीकर्ता सफलले राई र लामिछानेविरुद्ध मन्त्रिपरिषद् तथा प्रधानमन्त्रीको कार्यालय र गृहमन्त्रालयमा समेत उजुरी दर्ता गराएका छन् । केही दिनभित्रै प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सिआईबी) मा पनि उजुरी दर्ता गर्ने तयारी रहेको उनले बताए ।



प्रतिक्रिया दिनुहोस्