काठमाडौं, ३ माघ । जिल्ला अदालतका निलम्बित न्यायाधीश भुवन गिरीविरुद्धको रिट हेर्न नभ्याइने सूचीमा परेको छ । आज (बुधबार) सुनुवाइका लागि न्यायाधीशद्वय डा. मनोजकुमार शर्मा र सुनिल पोखरेलको संयुक्त इजलासमा उक्त मुद्दाको पेशी तोकिएको थियो ।
न्यायाधीश गिरीले सम्बन्ध विच्छेदको मुद्दा विचाराधीन रहेको अवस्थामा आफूलाई बन्धक बनाएर बलात्कार गरेको भन्दै उनी श्रीमती आरती रावल गिरीले उजुरी मुद्दा दायर गरेकी थिईन् ।
आरतीले काठमाडौं जिल्ला अदालत र कपिलवस्तु जिल्ला अदालत दुवैमा आफूमाथि भुवन गिरीले बलात्कार गरेको भन्दै मुद्दा दायर गरेकी थिईन् । निलम्बित जिल्ला न्यायाधीश गिरीलाई थुनामा राखेर मुद्दाको पुर्पक्ष गरिनुपर्ने पीडित आरतीको माग छ ।