काठमाडौं,४ माघ । राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन २०७६ लाई संशोधन गर्न बनेको अध्यादेश २०८० जारी गरेका छन् ।
नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम सरकारको सिफारिसमा पौडेलले आज उक्त अध्यायदेश जारी गरेको शीतल निवासले जनाएको छ ।
फागुनमै संसदमा प्रि बजेट छलफल गर्ने गरी मन्त्रिपरिषदको बुधबार बसेको बैठकले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व अध्यादेश सिफारिस गरेको थियो ।