Logo

एमाले अध्यक्ष ओलीले गरे मध्यपश्चिम विश्वविद्यालयका नवनिर्मित भवनको उद्घाटन



काठमाडौं,५ माघ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मध्यपश्चिम विश्वविद्यालय स्कूल अफ म्यानेजेन्ट तथा कर्णाली आदिबासी ज्ञान ,सीप, तथा प्रविधि संस्थान (किस्ट) को नवनिर्मित भवन उद्घाटन गरेका छन् ।

शुक्रबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित एक कार्यक्रमकाबीच पूर्व प्रधानमन्त्रीसमेत रहेका ओलीले ती भवनहरु उद्घाटन गरेका हुन् । यस्तै, विश्वविद्यालयको डिजिटलाइजेशन एण्ड अटोमेशन सिस्टम कार्यक्रम, विश्वविद्यालयलाई पेपरलेस बनाउन ४ वर्षदेखि भएको प्रयासको परिणामस्वरूप सुरु भएको उक्त कार्यक्रमको समेत उद्घाटन ओलीले गरेका छन्।

सबै तस्बिर अ‍ोलीको सचिवालय



प्रतिक्रिया दिनुहोस्