काठमाडौं, ६ माघ । नेपाल क्रिकेट संघ (क्यान) लाई गैरआवसीय नेपाली संघ (एनआरएनए) ले १० लाख रुपैयाँ सहयोग गरेको छ । एनआरएनएका अध्यक्ष डा.बद्री केसीसहितका पदाधिकारीले आज (शनिबार) टी–२० विश्वकपमा सहभागी नेपाली क्रिकेट खेलाडीहरुको सहयोगार्थ क्यानमार्फत उक्त रकम सहयोग गरेको हो ।
उक्त कार्यक्रममा एनआरएनएका पदाधिकारीले टी–२० विश्वकप–२०२४ मा छनोट भएकोमा नेपाली टोलीलाई बधाइ दिँदै क्यानका पदाधिकारीलाई सम्मानसमेत गरेको थियो ।
कार्यक्रममा क्यानका सचिव एवं पूर्व कप्तान पारस खड्काले नेपाली क्रिकेटको उन्नयनका लागि गैरआवसीय नेपालीहरुको साथ र सहयोग आवश्यक रहेको बताए ।
त्यसैगरी, एनआरएनए अध्यक्ष डा. केसीले नेपाललाई चिनाउने क्यानसँग सहकार्य गर्न पाउँदा आफूलाई गौरव महशुस भएको बताए । उनले नेपाली टिम विश्वकपमा छनोट भएकोमा बधाइ ज्ञापन गर्दै एनआरएनएको सदैव सहयोग रहने वचन व्यक्त गरे ।