काठमाडौं, ७ माघ । भारतले अयोध्यामा राम मन्दिर निर्माण गरेको छ । नवनिर्मित राम मन्दिरको उद्घाटन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आगामी २२ जनवरी अर्थात् माघ ८ गते गर्दैछन् । भारतीय प्रधानमन्त्री मोदीबाट सोही दिन मूर्तिको प्राणप्रतिष्ठा पूजा हुनेछ ।
अगामी २३ जनवरीदेखि सर्वसाधारणका लागि मन्दिर खुल्ला गरिने तयारी रहेको छ । उक्त राम मन्दिर उद्घाटन समारोहमा देश विदेशका आठ हजारभन्दा बढि विशिष्ट अतिथिहरुलाई निमण्त्रणा गरिएको बताइएको छ । फोटोः मुकुन्द कालिकोटे/
रिपोर्टर्स नेपाल