Logo

पहिलो जितको खोजीमा रहेको गण्डकीको संघर्षपूर्ण ब्याटिङ, मुस्कानले हाने अर्धशतक



काठमाडौं,७ माघ । प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटमा कोशी प्रदेशविरुद्ध गण्डकी प्रदेशका युवा ब्याटर मुस्कान थापाले अर्धशतक प्रहार गरेका छन् ।

माथिल्लो मुलपानी मैदानमा टस हारेर सुरुआतमा ब्याटिङ गरेको गण्डकीका लागि मुस्कानले ९९ बलको सामना गर्दै ६ चौकाको मद्दतमा ५० रन जोडेका हुन् । ताजा अवस्थामा उनी ५६ रन बनाएर खेलिरहेका छन् । उनलाई कप्तान विपीन खत्रीले २५ रन बनाएर साथ दिईरहेका छन् ।

लगातार रुपमा विेकट गुमाउँदै पाली धरासायी बनिरहेको अवस्थामा विपीन र मुस्कानले टिम सम्हाल्ने प्रयास गरिरहेका छन् । ३६ ओभरको समाप्तीमा अहिले गण्डकीले ६ विकेट गुमाएर १२३ रन जोडेको छ ।

प्रधानमन्त्री कपको जारी खेलमा कोशी र गण्डकी दुवै जितविहीन रहेका छन् । कोशीले आज छैटौं खेल खेल्दा गण्डकीको यो चौथा खेल हो ।



प्रतिक्रिया दिनुहोस्