काठमाडौं,७ माघ । दक्षिण अफ्रिकामा जारी यू-१९ विश्वकप क्रिकेटअन्तर्गत न्युजिल्याण्डसँग खेलिरहेको नेपाललाई पहिलो सफलता मिलेको छ ।
टस हारेर सुरुआतमा फिल्डिङ गरिरहेको नेपालकान लागि सुवाश भण्डारीले पहिलो सफलता दिलाएका हुन् । उनले लुके वासटनको विकेट लिएका छन् । २५ बलमा उनी २ चौकासहित १४ रन बनाएर खेलिरहेका थिए ।
ताजा अवस्थामा न्युजिल्याण्डले ११ ओभरमा १ विकेट गुमाएर ६० रन जोडेको छ ।
समूह डीमा रहेको नेपालले जारी प्रतियोगितामा आज पहिलो खेल खेल्दैछ । यू १९ विश्वकपमा हालसम्म नेपाल र न्युजिल्यान्डबीच दुई खेल भएका छन् । जसमा नेपाल विजयी हुँदै आएको छ ।