Logo

सर्वसम्मत सभामुख चयन कोशीका मुख्यमन्त्री कार्कीको सय दिनको उपलब्धि



काठमाडौं,८ माघ । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले आफू नेतृत्वको प्रदेश सरकारको एक सय दिनको कार्यप्रगति सार्वजनिक गरेका छन ।

मुख्यमन्त्री कार्कीले सोमबार विराटनगरमा पत्रकार सम्मेलनको आयोजना गर्दै आफ्नो नेतृत्वको गठन भएको प्रदेश सरकारले एक सय दिनमा गरेको कामको विवरण सार्वजनिक गरेका हुन् ।

मुख्यमन्त्री कार्कीले आफ्नो सय दिने कार्यकालको मुख्य उपलब्धिमा पहिचान पक्षधरसँग वार्ताका लागि वार्ता समिति गठन, १०० बेडको जलन अस्पताल स्थापनाका लागि सम्झौता, प्रादेशिकसँगै चार वटा निजी अस्पतालमा १० वर्षमुनिका बालबालिकाको निशुल्क उपचार
प्रदेशको अधिकारका लागि प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको, तीनवटा विद्युतीय चार्जिङ स्टेसन निर्माण, रोजगार प्रवर्द्धनका लागि वेबसाइट सञ्चालन लगायत समावेश गरेका छन् ।

कार्कीले आफ्नो सरकारको उपलब्धिमा सभामुख चयनलाई समेत समावेश गरेका छन् । साउनदेखि प्रदेश सभामा रिक्त रहेको सभामुखमा गत पुस २४ गते राप्रपा सांसद अम्बरबहादुर विष्ट निर्विरोध निर्वाचित भएका थिए । जसलाई कार्कीले आफ्नो उपलब्धि मानेका छन् ।



प्रतिक्रिया दिनुहोस्