Logo

प्रचण्ड र ओलीबीच बालुवाटारमा छुट्टै भेटवार्ता



काठमाडौं,९ माघ । प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ ।

मध्यपहाडका समस्याबारे सरकारलाई लिखित रूपमा जानकारी गराउन प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका एमाले नेताहरुसँग प्रचण्डले भेट गरेका हुन् । संक्रमणकालीन न्यायसम्बन्धी कानूनलाई अन्तिम रूप दिनेलगायत समसामयिक विषयमा उनीहरूबीच छलफल भएको बताईएको छ ।

मंगलबार प्रधानमन्त्री निवास बालुवाटार पुगेर एमाले अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरूले जनस्तरबाट आएका माग, समस्या, समस्या समाधानका उपायसहित प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई लिखित जानकारी गराएका थिए ।



प्रतिक्रिया दिनुहोस्