Logo

टिआरसी विधेयक पास गर्न सत्तारुढ दलका सांसद तयार हुनुपर्छ, एमाले त तयार छः ठाकुर गैरे



काठमाडौं, १० माघ । नेकपा (एमाले) का नेता ठाकुर गैरेले टिआरसी विधेयक पास हुनुपर्छ भनेर आफूहरु सबैभन्दा धेरै लागिपरेको बताए । आज (बुधबार) नेपाली रेडियो नेटवर्कको ‘नेपाली बहस’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले सत्तारुढ गठबन्धन दलका सांसदरु तयार हुनसाथ टिआरसी विधेयक पास हने बताए ।

एमाले पीडितलाई न्यायको सुनिश्चितता, सर्वोच्च अदालतले गरेको फैसलाको कार्यान्वयनको सुनिश्चितता, गम्भीर अपराधका विषयमा छुट नदिने र अन्तर्राष्ट्रिय समुदायलाई समेत स्वीकार्य हुने गरी विधेयक पारित गर्न सत्तारुढ गठबन्धन दलका सांसदहरु तयार भएमा एमाले सधै तयार रहेको बताएका हुन् ।

‘टिआरसी विधेक छिटो पास गरौं भनेर सबैभन्दा बढि हामी कराइराखेका छौं । तर, त्यसका केही महत्वपूर्ण विषयहरु छन्, ती विषयमा सरकारको अथवा सत्ता गठबन्धनका सांसदहरुको धारणा के हुन्छ भन्ने कुरा स्पष्ट छैन ।’ उनले भने, ‘फौजदारी अभियोगका बारेमा, सर्वोच्च अदालतको फैसलाको नजिरका बारेमा, अन्तर्राष्ट्रिय अदालतका मूल्य मान्यताको बारेमा ती विषयमा उहाँहरुले गर्न खोजेको के हो ? त्यसमा नेकपा (एमाले) को अडान स्पष्ट छ, हामी त्यो कुरालाई छोडेर जानसक्ने कुरा भएन । त्यो कुरामा उहाँहरु तयार हुनसाथ विधेयक पास हुन्छ ।’



प्रतिक्रिया दिनुहोस्