काठमाडौं,१० माघ । आइसीसी यू-१९ विश्वकप क्रीकेट प्रतियोगिताअन्तर्गत आफ्नो दोस्रो खेलमा पाकिस्तानविरुद्ध पहिला ब्याटिङ गरिरहेको नेपाललाई पहिलो झट्का लागेको छ ।
दक्षिण अफ्रिकाको बफेलो पार्क क्रीकेट मैदानमा पाकिस्तानविरुद्ध पहिला ब्याटिङ गरिरहेको नेपालका लागि ओपनर अर्जुन कुमाल ६ रन बनाएर आउट भएका छन् । उनी ४।२ ओभरमा पाकिस्तानका अहमद हुसेनले बोल्ड आउट गरेका छन् । अर्जुनले न्युजिल्यान्डविरुद्ध ९० रनको उत्कृष्ट पारी खेलेका थिए।
ताजा अवस्थामा नेपालले ४ ओभरमा १ विकेट गुमाएर ३० रन जोडेको छ ।