Logo

नयाँ ब्रोकर कम्पनीबारे अध्ययन गर्न पूर्व डेपुटी गभर्नर शिवाकोटीको संयोजकत्वमा समिति गठन गर्ने निर्णय



काठमाडौं, १० माघ । सरकारले नयाँ ब्रोकर कम्पनीबारे अध्ययन गर्न समिति गठन गर्ने भएको छ । हिजो (मंगलबार) बसेको मन्त्रिपरिषद्को बैठकले नेपाल राष्ट्र बैंकका पूर्व डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गर्ने निर्णय गरेको हो ।

‘धितोपत्र बजार सञ्चालन गर्ने संगठित संस्था सम्बन्धी अध्ययन गर्न नेपाल राष्ट्र बैंकका पूर्व डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीको संयोजकत्वमा तीन सदस्यीय अध्ययन समिति गठन गर्ने’ निर्णयमा भनिएको छ ।



प्रतिक्रिया दिनुहोस्