काठमाडौं, १० माघ । लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले काठमाडौं र सर्लाहीमा सरकारले गोली चलाएर युवाहरुको हत्या गरेको आरोप लगाएका छन् ।
आज (बुधबार) गजेन्द्रनारायण सिंहको २२औं पुण्य तिथिको अवसरमा काठमाडौंमा आयोजित सभालाई सम्बोधन गर्दै प्रदर्शनका क्रममा काठमाडौं र सर्लाहीमा सरकारले गोली हानेर युवाहरुको हत्या गर्नु लज्जाजनक रहेको बताएका हुन् ।
उनले वाक स्वतन्त्रताका लागि लड्नेहरुबाटै प्रदर्शन गर्दा र बोल्दा मार्ने कुरा लोकतन्त्रको पक्षमा नरहेको बताए । लोकतान्त्रिक साशन व्यवस्थामा बोल्ने र शान्तिपूर्ण प्रदर्शन गर्ने अधिकार सबै नागरिकलाई हुने र आन्दोलनका क्रममा राज्यले गोली चलाउनु खेदजनक रहेको बताए । फोटोः मुकुन्द कालिकोटे/रिपोर्टर्स नेपाल