Logo

राष्ट्रिय सभा निर्वाचन: लुम्बिनीमा मतदान अन्तिम चरणमा



काठमाडौं,११ माघ । राष्ट्रिय सभा निर्वाचन अन्तर्गत मतदान जारी रहेको लुम्बिनी प्रदेशमा मतदान अन्तिम चरणमा पुगेको छ ।

प्रदेश निर्वाचन अधिकृतको कार्यालयका अनुसार लुम्बिनीमा हालसम्म ९८ प्रतिशत मतदान भईसकेको छ । अब १० जनाले मतदान गर्न बाँकी रहेको छ । जसमा प्रदेश सभाका २ र स्थानीय तहका ८ जना मतदाता बाँकी रहेका हुन् ।

लुम्बिनी प्रदेशका १२ जिल्लामा कुल एकसय नौं स्थानीय तहका दुई सय १८ जना प्रमुख तथा उपप्रमुख र ८७ जना प्रदेशसभा सदस्यसमेत गरी कुल तीनसय पाँच जना मतदाता रहेका छन् ।



प्रतिक्रिया दिनुहोस्