Logo

राष्ट्रिय सभा निर्वाचनः सुदूरपश्चिममा सत्ता गठबन्धन दलका साझा उम्मेवदारहरु निर्वाचित



काठमाडौं, ११ माघ । राष्ट्रिय सभा सदस्य निर्वाचनमा सुदूरपश्चिम प्रदेशबाट सत्तारुढ गठबन्धन दलका साझा उम्मेदवारहरु निर्वाचित भएका छन् ।

रिक्त हुन लागेको तीन सिटका लागि भएको निर्वाचनमा खुल्लातर्फ कांग्रेसका बलदेव बोहोरा, महिलातर्फ नेकपा (माओवादी केन्द्र) की रेनु चन्द र अपाङ्गतर्फ कांग्रेसका नारायणदत्त भट्ट निर्वाचित भएका हुन् ।

सुदूरपश्चिममा बोहराले ४ हजार ३४७ मत, भट्टले ४ हजार ४१९ र चन्दले ४ हजार ४५३ मत पाएर निर्वाचित भए ।



प्रतिक्रिया दिनुहोस्