Logo

सुदूर माओवादीमा उलटफेर, भट्टलाई हटाउँदै धामीलाई संसदीय दलको नेताको जिम्मेवारी



काठमाडौं,१२ माघ । सत्तारुढ दल नेकपा माओवादी केन्द्रले सुदूरपश्चिम प्रदेश सभाका संसदीय दलको नेता परिवर्तन गरेको छ । माओवादी केन्द्रले हालका संसदीय दलका नेता खगराज भट्टलाई हटाउँदै मानबहादुर धामीलाई संसदीय दलको नेता चुनेको हो ।

धामी यसअघि प्रमुख सचेतक थिए । सभामुखसहित ११ जना प्रदेशसभा सांसदमध्ये ६ जनाले खगराजलाई हटाएर धामीलाई दलको नेता बनाएका हुन् ।

शुक्रबार धनगढीमा बसेको संसदीय दलको बैठकको बहुमतबाट सुदूरपश्चिम प्रदेश सभा संसदीय दलको नेताबाट भट्टलाई हटाइएको हो।

खगराज भट्टलाई हटाएर मानबहादुर धामीलाई दलको नेता बनाउँदा ६ जना प्रदेशसभा सदस्यहरूले निर्णय गरेका छन् । ११ जना प्रदेशसभा सदस्य रहको सुदूरपश्चिममा एकजना सभामुख छन् ।

मानबहादुर धामी, अक्कल रावल, ओमविक्रम भाट सरल, गीता देवीमाल लक्ष्मी विक र शिवसिंह ओलीले धामीलाई दलको नेता बनाउने निर्णयमा हस्ताक्षर गरेका छन् । आजको बैठकमा खगराज भट्ट, झपट साउद, रमेश धामी र जनकी देवी कुवर भने उपस्थित भएनन् ।

नयाँ संसदीय दलका नेता धामी दार्चुलाबाट निर्वाचित भएका हुन्।

धामी सुदूरपश्चिममा वनमन्त्री भइसकेका छन्। सुदूरपश्चिममा माओवादी अहिले २ मन्त्री र १ राज्यमन्त्रीसहित गठबन्धन सरकारमा छ।



प्रतिक्रिया दिनुहोस्