Logo

चिनियाँ उपमन्त्री सुन काठमाडौंमा, माओवादी उपाध्यक्ष भुसालसहितको टिमले गर्यो स्वागत



काठमाडौं, १२ माघ । चिनियाँ कम्युनिस्ट पार्टीका अन्तर्राष्ट्रिय विभागका उपमन्त्री सुन हेयान नेतृत्वको प्रतिनिधि मण्डल नेपाल आइपुगेको छ । सुन हेयान नेतृत्वको प्रतिनिधि मण्डल माल्दिभ्स, बङ्गलादेश हुँदै आज नेपाल आइपुगेका हुन् ।

उनलाई विमानस्थलमा चिनियाँ राजदुतले स्वागत गरे । त्यसक्रममा माओवादी नेतृ पम्फा भुसाल र गणेश साह पनि उपस्थित थिए ।

उनी चार दिनसम्म नेपाल भ्रमणमा रहने बताइएको छ । सो क्रममा उनले राष्ट्रपति, प्रधानमन्त्री, विभिन्न दलका शीर्ष नेतालाई भेटघाट गर्नुको साथै माघ १४ गते हुने एउटा राजनीतिक गोष्ठीमा सहभागी हुनेछन् ।



प्रतिक्रिया दिनुहोस्