Logo

गठबन्धन भत्काउन केपी ओली उद्यत छन्,कोशी विद्रोहले राजनीतिमा उलटफेर हुँदैन (पूर्णपाठसहित)



काठमाडौं,१४ माघ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेपालले प्रमुख प्रतिपक्ष नेकपा एमाले अत्यन्त गैर जिम्मेवार ढंगले नकारात्मक भूमिका निर्वाह गरिरहेको बताएका छन् । एमाले विभिन्न ढंगले सरकार संचालनमा रहेको वर्तमान गठबन्धन तोड्न उद्यत रहेको अध्यक्ष नेपालको भनाइ छ ।

आइतबारबाट सुरु भएको पार्टीको केन्द्रीय परिषद्को बैठकलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीले गरेको चलाखीले पनि राजनीतिक उलटफेर नहुने दाबी गरेका छन् ।

कोशीमा भएको राष्ट्रिय सभा निर्वाचनको भोटक्रसबारे सत्ता गठबन्धनमा छलफल हुने तर, यतिकै आधारमा गठबन्धन नै भने नटुट्ने उनको दाबी छ । मुलुकमा सरकार स्थिरताको प्रश्न उठाइएको नेता नेपालको भनाइ छ । यसको मुख्य कारण गणतन्त्रवादी र गणतन्त्रविरोधी, परिवर्तनकारी र प्रतिगमनकारी, अग्रगामी र पश्चगामी, संघीयता पक्षधर र संघीयताविरोधी, धर्मनिरपेक्षतावादी र धर्मसापेक्षतावादी आदि विभिन्न चरित्रका राजनीतिक शक्तिको संसद्भित्रको उपस्थिति भएको उनको ठम्याइ छ ।

यस्तो छ माधव नेपालले पेश गरेको दस्तावेजको पूर्णपाठ



प्रतिक्रिया दिनुहोस्