Logo

कांग्रेसका नेताले प्रचण्डलाई भने, ‘तपाईँको कार्यकाल इतिहासकै स्वर्णिम भइसक्यो’



काठमाडौं, १५ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कांग्रेसका एक नेताले बालुवाटार आएर आफूलाई ‘तपाईँको कार्यकाल इतिहासकै स्वर्णिम भइसक्यो’ भनेको खुलासा गरेका छन् । आज (सोमबार) नेकपा (माओवादी केन्द्र) निकट पत्रकारहरुको संगठन प्रेस सेन्टर नेपालको २० औँ स्थापना दिवसको अवसरमा वीरगञ्जमा अयोजित सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।

‘हिजो एक जना नेपाली कांग्रेसको बुद्धिजीवी साथी म कहाँ आउनु भयो । उहाँले भन्नुभयो– मानिसहरुले कुरा किन नबुझेको होला ? प्रधानमन्त्रीको यो कार्यकाल त इतिहासकै स्वर्णिम कार्यकाल भइसक्यो । हामीले नेता÷ कार्यकर्तालाई बुझाउन सकेका छैनौं उहाँले भन्नुभयो,’– उनले भने ।

आफ्नो कार्यकाल इतिहासकै स्वर्णिभ भएको कुरा एउटै उद्धाहरण काफी रहेको प्रधानमन्त्री प्रचण्डले बताए । उनले १० हजार मेगावाट विद्युत खरिद विक्री सम्झौतलाई ‘न भूतो न भविष्य’ को संज्ञा दिए । साथै, अहिले कर्णाली चिसापानी १० हजार आठ सय मेगावाटको परियोजना अगाडि बढाउन अध्ययन प्रक्रिया सुरु गर्ने मन्त्रिपरिषद्ले निर्णय गरेको उनले बताए । बुढी गण्डकी परियोजना अगाडि बढाउन सरकारले पैसाको जोहो गरिसकेको उनले बताए । प्रधानमन्त्री प्रचण्डले प्रतिक्रियावादीहरुले प्रचण्डको नेतृत्वमा ठूला–ठूला काम भए भनेर भन्न नसकेर विरोध गरिरहेका बताए ।

साथै, प्रधानमन्त्री प्रचण्डले अहिले जनमुक्ति सेनाको भूमिकामा प्रेस सेन्टर नेपाल रहेको बताउँदै प्रतिक्रियावादी शत्तिहरुका विरुद्ध प्रतिवाद गर्नसमेत आग्रह गरे । अहिले परिवर्तनका विरुद्धमा एउटा तप्का लागिरहेको उनको भनाइ छ ।



प्रतिक्रिया दिनुहोस्