Logo

यू-१९ विश्वकप बंगलादेशविरुद्ध नेपालको १०० रन पूरा



काठमाडौं,१७ माघ । आईसीसी यू–१९ विश्वकपअन्तर्गत सुपर सिक्सको आफ्नो पहिलो खेलमा बंगलादेशविरुद्ध नेपालले १०० रन पूरा गरेको छ ।

बुधबार दक्षिण अफ्रिकाको मनगंगमा जारी खेलमा टस जितेर ब्याटिङमा आएको नेपालबाट २९।२ ओभरमा चार विकेट गुमाएर १०० रन पूरा गरेको हो । नेपालबाट हाल क्रिजमा रहेका विशालविक्रम केसी र गुल्सनकुमार झा क्रमशः २९ र शून्य रनमा खेलिरहेका छन् ।

खेलको ३० ओभर समाप्त हुँदा नेपालले चार विकेट गुमाएर १०३ रन बनाएको छ ।

प्रतियोगिताको यस संस्करणमा नेपाल समूह ‘डी’ को तेस्रो स्थानमा र बंगलादेश समूह ‘ए’ को दोस्रो स्थानमा रहँदै सुपर सिक्समा आएका हुन् ।



प्रतिक्रिया दिनुहोस्